कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा – New Zealand News Nepal (NZ News Nepal)

कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

   March 15, 2024  

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

आज प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले विवादित व्यक्ति लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका हुन्। 

आफैँ सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीले सहकारीपीडितलाई कसरी न्याय दिन सक्छन् भनी उनले प्रश्न गरे।  

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोधसमेत गरेका थिए।