सामान्यतया विश्वमा न्युजिल्याण्डलाई क्रिकेटको माध्यमबाट धेरैले चिन्छन् । एउटा शान्त, सुन्दर र सुरक्षित देश न्युजिल्याण्डको ईतिहास भने निकै रोचक छ । न्युजिल्याण्डलाई स्वतन्त्र मुलुकको रुपमा लिईन्छ तर पनि यो देश पूर्ण रुपमा भने स्वतन्त्र हुन सकेको छैन । यहाँका प्राचिन माओरी समुदाय भन्दा यूरोपियनहरु अगाडि छन् । न्युजिल्याण्डका मुलनिवासी माओरी समुदाय अहिले सानो घेरामा मात्र सिमित छन् ।
यस्तो छ रोचक न्युजिल्याण्डको ईतिहास
आम रुपमा यही भनिन्छ कि होल्यान्डका एक नाविक एबेल तास्मानले सन् १६४२ मा न्युजिल्याण्ड पत्ता लगाएका थिए । आधुनिक युगमा बिश्व माझ न्युजिल्याण्डलाई चिनाउने श्रेय एबेल तास्मानलाई गएपनि उनले पत्ता लगाउनु भन्दा धेरै पहिले माओरी समुदयाका मानिस न्युजिल्याण्डमा बसोबास गर्थे । माओरी समुदाय नै न्युजिल्याण्डका मुल निवासी हुन् । माओरी ईतिहासका अनुसार सन् १२००-१३०० को आसपासमा न्युजिल्याण्डमा माओरी समुदायका पहिलो व्यक्ति न्युजिल्याण्ड आएका थिए । उनी थिए क्युप । उनी माछा मार्ने क्रममा आफु बसोबास गर्ने हावाइकी भन्ने ठाउँबाट न्युजिल्याण्ड सम्म आईपुगेका थिए । माछा मार्ने क्रममा उनले आफ्नो दुस्मनको अक्टोपस निसानामा राखेका थिए । त्यसैलाई मार्ने क्रममा उनी न्युजिल्याण्डको धर्तीसम्मा आईपुगेका थिए ।

माओरी समुदायमा यो पनि भनाई छ कि क्युप आउनु अघि न्युजिल्याण्ड पानी मुनी अवस्थित थियो । तर माओरी समुदायका देउताले पानी मुनी रहेको न्युजिल्याण्डलाई बाहिर ल्याएको रोचक काहानी छ । तर यस्मा कती सत्यता छ त्यस्लाई पुष्टी गर्ने आधार भने छैन । त्यसको निकै समय पछि क्युप न्युजिल्याण्डको धर्तीमा पुगेका थिए । त्यही क्रममा उनको श्रीमतीले आकाशमा लामो सेतो बादल देखेको र त्यही भएर उनैले न्युजिल्याण्डको नाम Aotearoa राखेकी थिईन् ।

त्यसको केही वर्ष पछि सन् १६४२ डिसेम्बरमा एबेल तास्मानले न्युजिल्याण्ड देखेका थिए । उनी त्यसबेला अष्ट्रेलियाको तास्मान पत्ता लगाएका थिए । तास्मानियाको खोज गरेर पुर्व तर्फ लाग्दा उनले केही भुभाग देखेका थिए । त्यसैलाई पछ्याउदैँ जादाँ उनले मानिस बसोबास गर्न मिल्ने न्युजिल्याण्ड पत्ता लगाएका थिए । न्युजिल्याण्ड विश्वमै अन्तिममा पत्ता लागेको देशको रुपमा चिनिन्छ । यो देशलाई न्युजिल्याण्डको नाम पनि एबेलले नै दिएका थिए । त्यसपछि एबेल तास्मानले होल्यान्डका ड्च समुदायको कोलोनी न्युजिल्याण्डमा स्थापना गर्न खोजेका थिए । तर माओरी समुदायका अगाडि उनीहरु पछि परे र पुन: न्युजिल्याण्ड छोडि गए । पछि सन् १७७९ मा बेलायतका क्याप्टेन जेम्स कूक न्युजिल्याण्ड आएका थिए ।

न्युजिल्याण्डको ईतिहास युरोपियन र बेलायती तागतद्वारा मओरी समुदायलाई डराउन, उनिहरुको जमिन हडप्न र न्युजिल्याण्डबाट भागाउन लगायतका कार्यहरुले भरिएको छ । जेम्स कूक न्युजिल्याण्ड आएसगैँ न्युजिल्याण्डका माओरी समुदाय उनिहरुको अगाडि गुलाम बन्नुपर्ने अवस्था आयो । तर माओरी त्यस्को बिपरितमा थिए र उनिहरु ब्रिटिसको अगाडि गुलाम बन्नु भन्दा लडेर मर्न तयार भए । त्यस्तैले सन् १८१० देखि १८३० सम्मान्युजिल्याण्ड युद्ध चल्यो । मुस्कट युद्दमा हजारौ माओरी समुदायका मानिसले ज्यान गुमाउनु पर्यो । थुप्रै अरुलाई सो क्रममा गुलाम बनाईएको थियो भने केहीलाई न्युजिल्याण्डबाट भगाईएको थियो ।

सन् १८३९ मा माओरी र ब्रिटिस बिच एउटा सम्झौता भयो तर सम्झौताको बिपरित ब्रिटिसको ज्याजती जारी रह्यो । त्यो बेला सम्म न्युजिल्याण्डमा यूरोपमा मानिस बसोबास गर्न थालिसकेका थिए । दोस्रो विश्वयुद्ध पछि ब्रिटिस शासक सन् १९४७ मा न्युजिल्याण्ड बाट गएका थिए । त्यसयता न्युजिल्याण्डमा कुनै किसिमको युद्ध भएन । अहिले न्युजिल्याण्डमा मओरी समुदायका अलावा यूरोपियन, एसियन र प्यासिफिक क्षेत्रका मानिस बसोबास गर्छन् । न्युजिल्याण्डमा वर्षौ सम्म शासक गर्ने बेलायत भन्दा पछी आएका यूरोपियनको संख्या बढी छ । यहाँ हाल ७१ % यूरोपियन, १६ % माओरी , १५ % एसियन र ९ % प्यासिफिक क्षेत्रका मानिस छन् ।


