अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना

58 Shares

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले दशैंको अवसरमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गर्दै नेपालमा आएको बाढीबाट प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाएका छन्।

अक्टोबर २०२६ मा जारी गरेको दशैं विशेष शुभकामना सन्देशमा प्रधानमन्त्री अल्बानिजीले नेपाली समुदायलाई परिवार, साथीभाइ र समुदायसँग मिलेर दसैं मनाउन शुभकामना दिएका छन्।

यस वर्षको दशैं नेपाल तथा विश्वभरका नेपाली समुदायका लागि गहिरो दुःख र शोकका बीच आएको उल्लेख गर्दै उनले बाढीबाट भएको विनाशपछि उत्पन्न पीडा नेपाली समुदायले एक्लै सहनुपर्ने अवस्था नरहेको बताएका छन्।

पुनर्स्थापना र पुनर्निर्माणका आगामी महिनाहरूमा पनि अष्ट्रेलिया नेपाली समुदायको साथमा रहने उनको सन्देशमा उल्लेख छ।

सम्बन्धित समाचार

सबै