न्युजिल्याण्डमा बडादशैंको टीकाको उत्तम साइत अक्टोबर २१, बिहान ९:२३ बजे

212 Shares

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका लागि नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूका लागि टीकाको उत्तम साइत सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित २३ देशका लागि बडादशैंको टीकाको साइत निर्धारण गरेको समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिएका छन्।

नेपालमा यस वर्ष बडादशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा रहेको समितिले  जनाएको छ।

न्युजिल्याण्डमा भने यस वर्षको बडादशैंको टीकाको उत्तम साइत अक्टोबर २१ अर्थात् कात्तिक ४ गते बिहान ९ बजेर २३ मिनेटमा रहेको छ। न्युजिल्याण्डका विभिन्न शहरमा रहेका नेपालीहरूले सोही समयलाई आधार मानेर टीका तथा जमरा लगाउन सक्नेछन्।

विदेशमा बसोबास गर्ने नेपालीहरूको सुविधालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सम्बन्धित देशअनुसार टीकाको साइत निर्धारण गरेको हो। स्थान विशेषको सूर्योदयको समय तथा दशमी तिथिको अवस्थालाई आधार बनाएर विभिन्न देशका लागि टीकाको साइत तय गरिएको समितिले जनाएको छ।

नेपालभन्दा फरक समयमा सूर्योदय हुने भएकाले विदेशमा टीकाको साइत पनि नेपालमा तोकिएको समयभन्दा फरक हुने गर्दछ। यस वर्ष न्युजिल्याण्डमा रहेका नेपालीहरूका लागि अक्टोबर २१ बिहान ९:२३ बजे टीकाको उत्तम साइत परेको हो।

सम्बन्धित समाचार

सबै