हर्क साम्पाङको क्षेत्र सुनसरी १ मा मतगणना सुरु

176 Shares

सुनसरी क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पुर्व मेयर हर्क साम्पाङ उम्मेदवार रहेको यस क्षेत्रमा मतगणना थालिएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान उपमहानगरपालिका–१ बाट मतगणना सुरु गरिएको छ। उक्त वडामा कूल ३ हजार ३६२ मतदाता रहेका थिए भने तीमध्ये १ हजार ९६१ मत खसेको जनाइएको छ।

मतपेटिका संकलन तथा सर्वदलीय सहमतिपछि मतगणना सुरु गरिएको हो। प्रारम्भिक नतिजा केही समयमै सार्वजनिक हुने निर्वाचन अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचार

सबै