न्युजिल्याण्डमा गत सेप्टेम्बरदेखि सुरु भएको डे–लाइट सेभिङ अब आउने आइतबार, अप्रिल ५ बाट समाप्त हुने भएको छ। यससँगै देशभर समय पुनः पुरानै अवस्थामा फर्काइनेछ।
गर्मी महिनामा साँझ ढिलोसम्म उज्यालो कायम राख्ने उद्देश्यले सेप्टेम्बर २८ मा घडीको समय एक घण्टा अगाडि सारिएको थियो। त्यस दिन बिहान २ बज्नु पर्नेमा सिधै ३ बजाइएको थियो, जसका कारण एक घण्टा “हराएको” थियो र मानिसहरूले अबेरसम्म घामको किरण उपभोग गर्न पाएका थिए।
अब भने डे–लाइट सेभिङ अन्त्यसँगै समय उल्टो प्रक्रियामा फर्काइनेछ। आइतबार बिहान ३ बज्नु पर्नेमा घडी पुनः २ बजामा सारिनेछ। यसले एक घण्टा “फिर्ता” हुने भएकाले मानिसहरूले एक घण्टा बढी सुत्न पाउनेछन्।
यस परिवर्तनसँगै बिहान चाँडै उज्यालो हुने भए पनि साँझ भने छिट्टै अँध्यारो पर्न थाल्नेछ। हरेक वर्षजस्तै, जाडो मौसम नजिकिँदै जाँदा ऊर्जा बचत र दैनिक जीवनको तालमेल मिलाउन यस्तो व्यवस्था गरिँदै आएको हो।
सरकारले नागरिकहरूलाई आफ्नो घडी, मोबाइल तथा अन्य डिजिटल उपकरणहरू अद्यावधिक गर्न सुझाव दिएको छ, यद्यपि अधिकांश स्मार्ट उपकरणहरूमा समय स्वतः परिवर्तन हुने व्यवस्था हुन्छ।
‘डेलाइट सेभिंग टाइम’ भनेको दिनको उज्यालो जोगाउन समय सार्ने (उदाहरण, बेलुका सधैं ६ बज्दा सरकारले राष्ट्रिय वा प्रान्तीयरुपमा समय सारेर ५ मात्रै बजाएर एकघण्टा दिनको उज्ज्यालो बढाउने) चलन हो।
अमेरिकन वैज्ञानिक बेन्जामिन फ्र्यांकलिन, न्युजिल्याण्डका वैज्ञानिक जर्ज हडसन र अंग्रेज विलियम विलेट लगायतका चिन्तकहरूले १८ औं र १९ औं शताब्दीतिर दिनमा उज्यालो हुने समय अलि बढाउने योजनाको वकालत गरेका थिए। यद्यपि यो अवधारणा एक शताब्दी भन्दापछिसम्म पनि पूर्णरूपले बहसमा आएन।
अमेरिकन वैज्ञानिक बेन्जामिन फ्र्यांकलिन, न्युजिल्याण्डका वैज्ञानिक जर्ज हडसन र अंग्रेज विलियम विलेट लगायतका चिन्तकहरूले १८ औं र १९ औं शताब्दीतिर दिनमा उज्यालो हुने समय अलि बढाउने योजनाको वकालत गरेका थिए। यद्यपि यो अवधारणा एक शताब्दी भन्दापछिसम्म पनि पूर्णरूपले बहसमा आएन।
सन् १८९५ मा न्युजिल्याण्डका वैज्ञानिक जर्ज वर्नन हडसनले वेलिंग्टन ‘दर्शनशास्त्र समाज’समक्ष अक्टोबरमा समयलाई दुई घण्टा अगाडि र मार्चमा दुई घण्टापछाडि सार्नुपर्ने कुराबारे लिखित प्रस्ताव पेश गरेका। तर उनको आलोचना गरियो र यो भ्रमपूर्ण छ भनेर यो प्रस्तावको खुब गिल्ला गरियो। द हिस्ट्री च्यानलका अनुसार दिनको उज्यालो समय बचाउने विचारको श्रेय बेन्जामिन फ्र्यांकलिन, जर्ज हडसन र विलियम विलेटलाई नै जान्छ। उनीहरुले सन् १९०७ मा ‘दि वेस्ट अफ डेलाइट’ अर्थात् ‘खेर गएको दिनको उज्यालो’ नामक पर्चा प्रकाशित गरे जसमा ग्रीष्मको थप ८० मिनेटको घाम छँदाको तर्क थियो।
बेलायतले विलेटको प्रस्तावमा त्यस समयमा खासै चासो नदिए पनि, जर्मनीले पहिलो विश्वयुद्धको बेला दिनको उज्ज्यालोको अधिकतम उपयोग गरेर बिजुली संरक्षण गर्ने उपायको रूपमा ‘उज्ज्यालो-बचत समय’ लागू गर्यो। लेखक तथा इतिहासकार डेभिड प्रेराउले ‘नेशनल जिअग्राफिक’लाई दिएको अन्तरवार्तामा भनेका छन् “बेलायतीहरुले घडीलाई एक घन्टा अगाडि बढाउने र काम गर्ने घण्टामा दिनको उज्यालो बढाउने विलेटको विचारलाई वर्षौंदेखि सम्झना गरिरहँदा, जर्मनहरूले भने यो प्रणाली लागू गर्ने निर्णय गरे।” जर्मनी त्यसबेलाको सबभन्दा शक्तिशाली युरोपेली मुलुक थियो। उसले देशको हरेक घडी एक घण्टाअगाडि घुमाउने निर्णय गर्यो। यसको लक्ष्य भनेको कृत्रिम प्रकाश बिजुलीको प्रयोगलाई न्यूनतम बनाउनु थियो ताकि बचेको ईन्धनलाई युद्धको बेला उपयोग गर्न सकियोस। त्यसको लगत्तै अस्ट्रिया, फ्रान्स र संयुक्त अधिराज्य लगायतका अन्य युरोपेली देशहरूले पनि त्यस्तै निर्णय गरे।