प्रधानमन्त्री जसिन्डा आर्डेनसँग सिंगापुर भ्रमणमा निस्किएका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भ्रमण टोलीमा रहेका ३ जना अधिकारीहरुमा कोरोनाको संक्रमण देखिएको हो । हिजो बिहान ८ बजे अकल्याण्डबाट सिंगापुरका लागि उडेको टोली साझँ सिंगापुरको चांगी ओर्लिएको थियो । त्यस लगतै भएको कोरोना परिक्षणमा ३ जना भ्रमण टोलीका सदस्यमा कोरोना पोजिटिव आएको हो । कोरोना भएका ३ जना बुधवार न्युजिल्याण्ड फर्किने छन् भने भ्रमण टोली भने जापानको लागि प्रस्थान गर्ने छन् ।
साताव्यापी भ्रमणका लागि प्रधानमन्त्री हिजो सिंगापुर पुगेकी थिईन । प्रधानमन्त्रीको टोली भोली बुधबार सिंगापुरको भ्रमण सकेर जापान जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँग उनका पार्टनर क्लार्क गेफोर्ड, न्युजिल्याण्ड सरकारका वाणिज्य मन्त्री सहित १३ जनाको टोली भ्रमणमा सहभागि छन् ।
सिंगापुरमा रहदा प्रधानमन्त्री आर्डेनले आज सिंगापुरका राष्ट्रपती र प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै उनले सिंगापुरका उद्योगी तथा व्यवसायीलाई सम्बोधन गर्ने छिन् ।


