वैशाख ३० गते नेपालमा सार्वजनिक बिदा – New Zealand News Nepal (NZ News Nepal)

वैशाख ३० गते नेपालमा सार्वजनिक बिदा

   May 10, 2022  

नेपाल सरकारले स्थानीय तहको निर्वाचन, २०७९ को मतदान हुने दिन यही वैशाख ३० गते नेपालका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  सरकार, मन्त्रिपरिषद्को वैशाख २५ गतेको निर्णयानुसार सो सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।