Tauranga प्रहरीले व्यस्त मानिने Bay Fair Shopping Mall मा आफ्नो निगरानी बढाएको छ । केही समय यता Bay Fair को कर्मचारी माथि लगातार स्थानिय युवाको दुर्व्यवहार हुँदै आएको घटना बाहिरिएको छ । शनिबार मात्रै आफ्नो कामको ब्रेक समयमा रहेका एक कर्मचारीलाई युवाहरुको समुहले दुर्व्यवहार गरेका थिए । युवाहरुले ति कर्मचारी माथि भौतिक आक्रमण गरेको र उनको आँखामा चोट लागेको बताईएको छ । प्रहरीका अनुसार यस घटनाको अनुसन्धान भईरहेको छ । प्रहरीले Bay Fair क्षेत्रमा युवाहरुको जमात सकृय रहेकाले यस्तो घटना घटेको स्वीकार गरेको छ । गत हफ्ता मात्र पनि युवाहरुले स्थानिय एक कामदारलाई जिस्काएको र दुर्व्यवहार गरेको Bay Fair का रेस्पोन्स मेनेजर निक लेवरले बताएका छन् । दैनिक जस्तो यस्ता कार्य बढेपछि Bay Fair भित्र र आसपासका क्षेत्रमा सुरक्षा बढाईएको छ ।


