न्युजिल्याण्डका कासिबलाई पराजित गर्दै रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश

38 Shares

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश गरेका छन्।

चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा ढाँटले न्युजिल्याण्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

तीन राउण्डसम्म चलेको प्रतिस्पर्धामा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भए। पहिलो जजले ढाँटको पक्षमा २९–२८ अंक दिएका थिए भने दोस्रो जजले कासिबको पक्षमा २९–२८ अंक दिएका थिए। तेस्रो जजले पनि ढाँटको पक्षमा २९–२८ अंक दिएपछि उनी विजेता घोषित भएका हुन्।

अब ढाँटले फाइनलमा र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।

फाइनल जित्न सके रवीन्द्र ढाँटले युएफसीमा प्रवेश गर्ने अवसर पाउनेछन्। नेपाली खेलाडीका लागि यो ऐतिहासिक उपलब्धि बन्ने सम्भावना छ।

सम्बन्धित समाचार

सबै