असुरक्षित अकल्याण्ड: नेपाली बस्ने घरमा अज्ञात समुहको आक्रमण – New Zealand News Nepal (NZ News Nepal)

असुरक्षित अकल्याण्ड: नेपाली बस्ने घरमा अज्ञात समुहको आक्रमण

   July 26, 2022  

न्युजिल्याण्डको सबै भन्दा ठुलो सहर अकल्याण्ड बस्नको लागि असुरक्षित बन्दै गएको छ । हिजो सोमबार घटेको घटनाले यो कुरा थप पुष्टी गरेको छ । अकल्याण्ड सिबीडी स्थित एक अपार्ट्मेन्टमा हिजो अज्ञात समुहले नेपाली बस्ने एक घरमा आएर त्रासदी पूर्ण व्यवहार देखाएका छन् । घरको मान्छे भित्र आफ्नो काममा व्यस्त भएको बेला अचानक २ जनाको समुहमा आएका मानिसले ढोका खोल्ने प्रयास गर्छन् । सुरुमा त उनिहरुले सामान्य रुपमा ढोका खोल्न भन्छन् तर एकैछिनमा उनिहरुको व्य’हारमा परिवर्तन आउछ र घरको ढोका फोड्ने तरिकाले भित्रको मानिसलाई बोलाउछन् । घर भित्रको मान्छे डरले, ‘को हो के चाहियो?’ भन्ने प्रश्न गर्दा उल्टै बाहिर बाट आक्रमंक शैलीमा उनिहरु प्रस्तुत हुन्छन् । निकै बेर ढोका फोड्ने प्रयास गरेपछि उनिहरु असफल हुन्छन् र त्यहाँबाट भाग्छन् । घटना बाट सो घरको ढोकामा क्षति पुगेको छ । घर भित्र रहेका नेपालीका अनुसार भित्र बाट पुलिसलाई खबर गर्ने भनेपछि आक्रमणकारी भागेको बताईएको छ । देश कै व्यस्त र सुरक्षित मानिएको शहरमा यस्तो घटनाले अकल्याण्डबासीलाई त्रसित बनाएको छ । घटना लगतै प्रहरीलाई खबर गरेको तर प्रहरीबाट नि राम्रो सहयोग नभएको पिडितको गुनासो छ । कडा सुरक्षा र सि सि टि.भी समेत भएको अपार्टमेन्टमा यस्तो घटनाले अकल्याण्ड बस्नको लागि असुरक्षित बन्दै गएको छ ।