कोरोना महामारी यथावत छ तर न्युजिल्याण्डमा मास्कको प्रयोगमा कमि आईरहेको छ । सरकारले कोभिड गाईडलाईन्समा मास्कलाई अनुवार्य गरेको छ तर सार्वजनिक स्थान र यतायातको प्रयोग गर्दा र केही अन्य स्थानमा मात्र मास्क प्रयोग गर्न सुझाईएको छ । न्युजिल्याण्डका सडक र पसलमा भेटिने मानिसहरु मास्क प्रयोग गर्दैनन् । सरकार कै तर्फ बाट अब मास्कलाई व्यक्त्तिगत ईच्छाको रुपमा हेरिएको छ । बिभिन्न शहरका मेयरहरुले मास्क प्रयोगलाई अब अनिवार्य मान्न नसकिने बताएका छन् । नेपियरकी मेयरले मास्क अब पर्सलन च्वाईस भएकोले अब मानिसले मास्क लगाएको छ कि छैन भनेर निगरानी गर्न आवश्यक नरहेको बताएकी छिन् । ठुला शहर अकल्याण्ड, वेलिङटन लगायतमा पनि मास्क प्रयोगलाई अनिवार्य रुपमा लागु गरिएको छैन । तर पनि आफ्नो स्वास्थ्यको हिसावले मास्कको प्रयोग गर्न आवश्यक देखिन्छ ।


