329
Shares
न्युजिल्याण्डमा आईतबार २ हजार ६ सय १८ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । यो संख्या गत फेब्रुअरी यताकै सबै भन्दा कम संक्रमित संख्या हो । हिजो ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । पछिल्लो ६ महिना यता न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या धेरै थियो । गत मार्चमा न्युजिल्याण्डमा दैनिक रुपमा २५ हजार भन्दा बढी मानिसलाई कोरोना संक्रमण भएको थियो ।