गत राती देखिको अबिरल वर्षा पछि आएको बाढीले नेल्सनमा बस्ती प्रभावित भएपछि आपतकाल घोषणा गरिएको छ । आज दिउँसो माइताई नदीको किनार भत्किएर बस्ती पसेपछि नेल्सनमा आपतकाल घोषणा गरिएको हो । Nelson Tasman Civil Defence Emergency Management ले तटिय क्षेत्रमा बस्ने मानिसलाई घरबाट निस्केर सुरक्षित स्थानमा जान आवहान गरेको छ । Saxton Stadium लाई तत्कालमा लागि सुरक्षित मानिएको छ र यदी स्थानियले सुरक्षित स्थान नभेटे Saxton Stadium मा जान सकिने बताईएको छ ।
Dodson Valley Nelson. It came up quickly and more to come I think. pic.twitter.com/Gqi3kbWn5h
— Phil G-J 🇳🇿 (@theobrominated) August 17, 2022


