न्युजिल्याण्डमा तिहार लगत्तै दुई ठुला सांगितिक कार्यक्रम आयोजना हुँदै छन् । आउदो नोभेम्बेर ६ तारिक र १८ तारिकमा नेपालका दुई ठुला ब्याण्डले न्युजिल्याण्डमा छुट्टाछुट्टै प्रस्तुती दिन लागेका हुन् । नोभेम्बेर ६ मा चर्चित पप गायक सविन राई र उनको ब्याण्ड PHARAOH ले अकल्याण्डमा प्रस्तुती दिने छन् त्यस्को करिब दुई साता पछि अर्को चर्चित ब्याण्ड 1974 A.D ले अकल्याण्ड मै प्रस्तुती दिने छ । सविन राईको कन्सर्ट लाखेँ ईभेन्ट्सले आयोजना गरेको हो । त्यस्तै हाम्रो ईभेन्ट्सको आयोजनामा 1974 A.D को कन्सर्ट हुन लागेको हो । लामो समय पछि न्युजिल्याण्डमा यती ठुलो सांगितिक कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम हेर्न र कार्यक्रममा सहभागी हुन न्युजिल्याण्ड बसोबास गर्ने नेपाली युवाहरु निकै उत्साहित छन् । दुवै कार्यक्रमको हाल टिकट बूकिङ भईरहेको छ ।
नोभेम्बेर १८ मा आयोजना हुने १८ 1974 A.D को कन्सर्टको टिकट बुक गर्न यहाँ क्लिक गर्नु होला ।


