मार्च ३ तारिकका दिनबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ न्युजिल्याण्डका बिभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ ।
हालसम्म न्युजिल्याण्डको ६ शहरमा ‘छक्का पञ्जा ४’ प्रदर्शन हुने पक्का भएको छ । नर्थ आईल्याण्डको तउरङामा ११ मार्चमा चलचित्र प्रदर्शन हुँदै छ । त्यस्तै अकल्याण्डमा १८ र २० मार्चमा चलचित्र प्रदर्शन गर्ने तयारी रहेको छ । उता राजधानी वेलिङ्टनमा भने २६ मार्चमा ‘छक्का पञ्जा ४’ हलमा लाग्ने छ । त्यस्तै ह्यामिल्टनमा ०२ अप्रिलमा चलचित्र प्रदर्शन हुँदै छ ।
साउथ आईल्याण्डका दुई शहरमा चलचित्र प्रदर्शन हुने छ । यस्वर्टनमा १९ मार्चमा चलचित्र प्रदर्शन हुने छ भने काईसचर्चका लागि भने मिती तय हुन बाँकी छ ।
न्युजिल्याण्डको लाखेँ ईभेन्ट्सले चलचित्रलाई न्युजिल्याण्डमा प्रदर्शन गर्न लागेको हो ।


