मन्त्रिपरिषद् विस्तारको तयारीमा सत्ता गठबन्धन – New Zealand News Nepal (NZ News Nepal)

मन्त्रिपरिषद् विस्तारको तयारीमा सत्ता गठबन्धन

   September 10, 2021  

सत्तारूढ गठबन्धन सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिपरिषद् विस्तारका लागि आज पनि छलफलमा जुट्ने भएका छन् । हिजो बिहीबार पनि विभिन्न चरणमा छलफल गरेका गठबन्धनका नेताहरुले आज पनि छलफललाई निरन्तरता दिने भएका हुने । हिजो दुई भिन्नाभिन्नै बैठक गरेका नेतहरूले आजको बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याउने समझदारी गरेका छन् । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीका अनुसार हिजोको छलफलका आधारमा आज सरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक केन्द्रित हुनेछ ।