294
Shares
न्युजिल्याण्डमा सम्पन्न निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । हाल सम्म ५० % मत गणना भईसकेको छ जसमा नेसनलले सुरुवाती अग्रता कायम राखेको छ । पार्टी भोट तर्फ नेसनलले ४१.१४ % मत पाएको छ । त्यस्तै लेबरले २५.९८ % , ग्रिनले १०.३९ % , एक्टले ९.२४ % ,एन्जेड फर्स्टले ६.१२ % र माओरी पार्टीले २.५३ % मत प्राप्त गरेको छ । सिट तर्फ पनि नेसनल नै अगाडि रहेको छ । निर्वाचन क्षेत्रको मत गणना पनि जारी रहेको छ । ३० % मत गन्दा नेसनल ५१ सिटमा अगाडि रहेको छ । त्यस्तै लेबर ३३ सिटमा अगाडि रहेको छ । ग्रिन पार्टी १३ सिटमा, एक्ट पार्टी १२ सिटमा, एन्जेड फर्स्ट ८ सिटमा र माओरी पार्टी ४ मा अग्र स्थानमा रहेको छ ।