314
Shares
न्युजिल्याण्ड आमनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सन् २०२३ देखि २०२६ को ३ वर्षे कार्यकालमा संसदमा ६ पार्टीको प्रतिनिधित्व हुने छ । संसदमा नेसनल , एक्ट पार्टी र एन्जेड फर्स्ट सत्तापक्ष हुने छन् भने बाँकी ३ पार्टी लेबर, ग्रिन र माओरी पार्टी बिपक्षी दल हुने छन् । यो निर्वाचनमा नेसनलले ५० सिट जितेको छ । त्यस्तै लेबरले ३४, ग्रिनले १४, एक्टले ११, एन्जेड फर्स्टले ८ र तेपाटी माओरीले ४ सिट जितेको छ । अब नेसनल, एन्जेड फर्स्ट र एक्टले मिलेर नयाँ सरकार बनाउने छन् । नेसनल र एक्टको सिट संख्या जोड्दा ६१ हुन्छ जुन नयाँ सरकार बनाउन बहुमत पुग्ने संख्या हो । तर यो संसदमा कुल सांसदको १२१ हुने भएको छ ,त्यसैले बहुमतको संख्या ६२ पुगेको छ । जसअनुसार नेसनलले एनजेड फर्स्टको सहयोग लिनु पर्ने हुन्छ ।
