480
Shares
न्युजिल्याण्डमा सम्पन्न भएको आमनिर्वाचनको नतिजा सार्वजनिक भईसकेको छ । तर यसलाई अन्तिम नतिजा भने भन्न मिल्दैन । निर्वाचन आयोगका अनुसार करिब ५० हजार स्पेसल भोटको गणना हुन बाँकी रहेको छ । स्पेसल भोटको गणना पछि मात्र अन्तिम मत परिणाम सार्वजनिक गरिने छ ।
मत सबै नगनिसकेकाले राजनीतिक दलहरुले जितेको सिट पनि अन्तिम भने होइन । केही सिट घटबढ हुन सक्ने छ । हालको मत पारिणाम अनुसार नेसनल पार्टीले ५० सिट, लेबरले ३४ सिट, ग्रिनले १४ सिट, एक्टले ११ सिट, एन्जेड फर्स्टले ८ सिट र माओरी पार्टीले ४ सिट जितेको छ । अहिलेको अंक गणित हेर्दा दुई दलले मात्र सरकार बनाउन सक्दैनन् । नतिजा नफेरिएमा नेसनलले एक्टको साथै एनजेड फर्स्टको पनि साहायतामा नयाँ सरकार गठन गर्ने छ ।