जापान: हिमपहिरोमा परी दुई न्यूजिल्याण्डका नागरिकको मृत्यु

376 Shares

जापानमा स्कीइङ गर्ने क्रममा हिमपहिरोमा परि दुई न्युजिल्याण्डका नागरिकको मृत्यु भएको छ ।
मृत्‍यु हुनेमा ३० वर्षिय एक पुरुष र २० वर्षकी एक महिला रहेको बताईएको छ । जापान टाइम्सका अनुसार घटनामा ३ जना न्युजिल्याण्डका नागरिक घाईते भएका थिए र उनिहरुलाई अस्पताल भर्ना गरिएको थियो । ति मध्ये दुई जनालाई अस्पतालले मृत घोषणा गरेको छ भने अर्का एकजना घाईते भएका छन् । जापानस्थित न्युजिल्याण्ड दुतावास घाईते व्यक्तीसँग सम्पर्कमा रहेको र आवश्यक सहयोग गर्न प्रतिबद्द रहेको बताएको छ । दुतावासले न्युजिल्याण्डको पर राष्ट्र मन्त्रालय मृतकका परिवारसँग उनिहरुको शव न्युजिल्याण्ड ल्याउने बारेमा सम्पर्कमा रहेको बताएको छ ।
हिमपहिरोले स्थानीय समय अनुसार सोमबार बिहान १० बजेतिर ६ जनाको समूहलाई चपेटामा पारेको थियो । घटनामा परि थप एक जनाको मृत्‍यु भएको र अन्य दुई जना घाईते भएको जापान टाइम्सले जनाएको छ।

सम्बन्धित समाचार

सबै