क्राईसचर्च आंतकी हमलाको ५ वर्ष पुरानो भएको छ । आज भन्दा ५ वर्ष अगाडि सन् २०१९ मा न्युजिल्याण्डको ईतिहासमै ठुलो आंतकी हमला भएको थियो । साउथ आईल्याण्डको क्राईसचर्चको दुई स्थानमा अचानक गोलीबारी हुँदा ५१ जनाले ज्यान गुमाएका थिए भने ४० जना घाईते भएका थिए । १५ मार्च २०१९ को दिन दिउसो १ बजेर ४० मिनेट देखि १ बजेर ५९ मिनेट सम्म लगातार गोलिबारी भएको थियो । Brenton Harrison Tarrant नाम गरेका एक अष्ट्रेलियाका नागरिक एक्लैले उक्त घटना घटाएका थिए । उनले सुरुमा साउथ आईल्याण्डकै पहिलो अल नुर मस्जिदमा गोलिबारी गरेका थिए । अल नूर मस्जिदको केही समयपछि लिनवुड इस्लामिक सेन्टरमा आक्रमण भएको थियो । क्राईसचर्चको मस्जिदमा आक्रमण गर्ने उनको दुई वर्ष देखिको तयारी थियो । मस्जिदमा रहेका प्रत्यक्षदर्शीका अनुसार उनि प्राथना गर्ने बहानामा बारम्बार मस्जिदमा आउने गरेको र मस्जिदमा हुने कार्यक्रमको तालिका सोध्ने गरेका थिए ।

दुई वटा स्थानमा मास सुटिङ हुँदा बिभिन्न देशका ५१ जना नागरिकको मृत्यु भएको थियो । मृत्यु हुनेमा न्युजिल्याण्डका २७ जना, पाकिस्तानका ८ जना, भारतका ५ जना, बंगलादेशका ३ जना, फिजीका दुइजनाको मृत्यु भएको थियो । त्यस्तै ईण्डोनेसिया, जोर्डन, मलेसिया, मरिसस, प्यालेस्टाईन र टर्कीका एक एक जना नागरिकको ज्यान गएको थियो । ४४ जनाको अल नुर मस्जिद मा ज्यान गएको थियो भने अन्य ७ जनाको लिनवुड इस्लामिक केन्द्रमा मृत्यु भएको थियो ।
आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनि एउटा भिडिओ सार्वजनिक भएको छ । आक्रमण हुँदा बाङ्ग्लादेशी क्रिकेट टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए ।
घटना लगतै तत्कालिन प्रधानमन्त्री जसिण्डा आर्डेनले देशलाई सम्बोधन गर्दै मार्च १५ को दिन न्युजिल्याण्ड कै ईतिहासमा कालो दिन भएको बताएकी थिईन ।