354
Shares
न्युजिल्याण्डमा पुन: आर्थिक मन्दी परेको छ ।
न्युजिल्याण्डको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.७ प्रतिशतले घटेसगैँ देश आर्थिक मन्दीमा फसेको स्टाट्स एन्जेडले बताएको छ ।
कमजोर उपभोक्ता खर्च र थोक व्यापारका कारण देशको आर्थिक व्यवस्था कमजोर हुन पुगेको हो ।
देशमा हाल खुद्रा व्यापार घटेको,फर्नीचर, इलेक्ट्रिकल, र हार्डवेयरको खुद्रा बिक्रीमा पनि कमी आएको बताईएको छ । त्यस्तै व्यतिगत तथा घरायसी खर्च बढ्दा देशमा आर्थिक भार परेको हो ।