354
Shares
न्युजिल्याण्डमा कायम आर्थिक संकट र आउँदै गरेको बजेट लाई मध्यनजर गर्दै सरकारले बिभिन्न मन्त्रालयमा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।
अर्थ मन्त्री निकोला विलिसका अनुसार सरकार हाल नागरिकमा परेको करको भारलाई घटाऊन केन्द्रित रहेको र त्यसैको लागि कर्मचारी कटौती गर्ने निर्णय गरिएको हो ।
स्वास्थ्य मन्त्रालयमा १८८ पद कटौती हुने भएको छ । यो कुल पदको २५ % हो । त्यस्तै प्राथमिक उद्योग मन्त्रालयका ३८४ पद पनि हटाईने छ । यो कुल संख्याको ९ % हो । उता व्यवसाय, नवप्रवर्तन तथा रोजगार मन्त्रालयका पनि कर्मचारी कटौती हुने भएको छ । मन्त्रालयका १८८ जना कर्मचारीको पद हटाउने सरकारले निर्णय गरेको छ । मन्त्री विलिसले सार्वजनिक क्षेत्रको खर्च ६.५% वा ७.५% बीचमा घटाउने लक्ष्य रहेको बताईन् ।