न्युजिल्याण्ड सरकारले करको दायरा घटाऊने उद्देश्यले बालहेरचाह अनुदान (Childcare subsidy) दिने भएको छ । वर्षको १ लाख ८० हजार डलर सम्म कमाउने हरेक परिवारलाई सरकारले २५ % सम्म कर फिर्ता गर्ने भएको छ । यो योजना भने आउदो जुलाईबाट लागु हुने छ । अर्थ मन्त्री निकोला विलिसले आज यो घोषणा गरेकी हुन् ।
नेसनल पार्टीले प्रस्ताव गरे अनुसार पाक्षिक रूपमा भुक्तान गर्नुको सट्टा, यो प्रत्येक तीन महिनामा एक पटक भुक्तान गरिने मन्त्री विलिसले जानकारी दिईन् । वर्षको १ लाख ८० हजार बढी कमाउने परिवारहरू भने यो योजनामा अयोग्य हुनेछन् ।
आफ्नो सन्तानको Child care मा ३०० सम्म खर्च गर्नेले हफ्ताको ७५ डलर सम्म Subsidy पाउने छन् । त्यस्को लागि न्युनतम १ लाख ४० हजार वर्षको आमदानी हुनु पर्ने छ । आमदानी बढेसगैँ Subsidy घट्ने मन्त्री विलिसले बताईन ।
विलिसले करिब २१,००० परिवारहरूले पूर्ण भुक्तानीको हकदार हुने उल्लेख गरिन् । यो योजनाबाट करिब एक लाख परिवार लाभान्वित हुने उनले बताइन् ।