आगामी महिना चीनको भ्रमण गर्दै न्युजिल्याण्डका प्रधानमन्त्री

300 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन आगामी महिना चीन भ्रमणमा जाने भएका छन् । उनको चीन भ्रमणको तयारी भईरहेको न्युजिल्याण्डका व्यापार मन्त्रीले जानकारी दिएका छन् । लक्सन चीन जानु अघि व्यापार मन्त्रीको टोली चीन जाने छन् । त्यस लगतै प्रधानमन्त्री चीन जाने छन् । गत मार्च १८ मा चिनियाँ विदेशमन्त्री वाङ यी न्युजिल्याण्ड आएका थिए । २०१७ पछि यो चीनको तर्फबाट उच्चस्तरिय न्युजिल्याण्ड भ्रमण हो । न्युजिल्याण्डको तर्फबाट भने पुर्व प्रधानमन्त्री २०२३ जुनमा चीनको भ्रमण गरेका थिए । भ्रमणको मिति टुङो नलागे पनि अप्रिलमा प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने छन् ।

चीन र अन्य पश्चिमी साझेदारहरूबीचको सम्बन्धले चुनौतीहरूको सामना गर्दा पनि न्यूजील्याण्डले चीनसँग सौहार्दपूर्ण सम्बन्ध कायम राखेको छ। न्युजिल्याण्डमा आउने पर्यटक देखि विद्यार्थीको संख्या उच्च रहेको छ ।

सम्बन्धित समाचार

सबै