1.6K
Shares
न्युजिल्याण्ड सरकारले एक्रेडिटेड वर्क भिसाका लागि नयाँ नियम लागु गरेको छ । आजै बाट लागु हुने गरि बिभिन्न नियमहरु परिमार्जन गरिएको छ ।
न्युजिल्याण्डमा काम गर्नको लागि एक्रेडिटेड वर्क भिसाको आवश्यक पर्ने गर्दछ । तत्कालिन सरकारले सन् २०२२ मा यो भिसा कोटा ल्याएको थियो । कोरोना महामारी पछि न्युजिल्याण्डमा काम गर्ने मानिसको अभाव देखिएकाले सरकार मान्यता प्राप्त रोजगारदाताले बाहिरबाट मान्छे ल्याउन यो भिसाको व्यवस्था गरेको थियो ।
आज अध्यागमनमन्त्री एरिका स्ट्यानफोर्डले एक्रेडिटेड वर्क भिसामा केही परिवर्तन ल्याईएको बताएकी छिन् । लो स्किल कामदारका लागि भाषा परिक्षा लिने देखि भिसाको अवधीमा पनि परिवर्तन गरिएको मन्त्रीले स्ट्यानफोर्डले बताएकी छिन् ।