430
Shares
सडक दुर्घटनामा निधन भएका सुरेन्द्रको शव नेपाल पुर्याईयो, धनुषामा गरियो अन्तिम संस्कार
न्युजिल्याण्डको साउथ आईल्याण्डस्थित ओमारुमा सवारी दुर्घटनामा परि मृत्यु भएका सुरेन्द्र सर्बरियाको शव नेपाल पुर्याईएको छ ।
न्युजिल्याण्डस्थित नेपाली वाणिज्य दुत आत्माराम खनालले दिनु भएको जानकारी अनुसार सुरेन्द्रको उनकै जिल्ला धनुषामा अन्तिम संस्कार
गरिएको हो । परिवारलाई घटनाको क्षतिपूर्ति दिन आवश्यक प्रकृया समेत अगाडि बढाईएको खनालले जानकारी दिनु भएको छ । सुरेन्द्रको परिवारलाई दुर्घटना क्षतिपूर्ति निगम मार्फत सहयोग प्रदान गर्न वाणिज्य दुतावासले निवेदन दर्ता गराएको छ । उनको शव नेपाल पठाउन सहयोग गर्ने सबै प्रति दुतावासले धन्यवाद समेत दिएको छ ।
१५ महिना अगाडि न्युजिल्याण्ड आएका सुरेन्द्रको गत मार्च २२ तारिकका दिन दुर्घटनामा मृत्यु भएको थियो ।