326
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन एक साता लामो बिदेश भ्रमणमा निस्किएका छन् । उनी आजबाट २० अप्रिल सम्मको लागि दक्षिण पुर्विय ३ देशको भ्रमणका लागि आज न्युजिल्याण्डबाट प्रस्थान गरेका छन् । प्रधानमन्त्रीले सुरुमा सिगाँपुर त्यस्पछि थाईल्याण्ड र फिलिपिन्सको भ्रमण गर्ने कार्यक्रम रहेको छ । न्युजिल्याण्डका वरिष्ठ व्यापार प्रतिनिधिमण्डलको साथमा, न्युजिल्याण्डको अन्तर्राष्ट्रिय संलग्नता, विशेष गरी दक्षिण पूर्व एशियामा न्युजिल्याण्डको सम्बन्धलाई अझ गहिरो बनाउने सरकारको प्रतिबद्धतालाई सार्थकता दिन यो भ्रमणलाई मह्त्वपूर्ण मानिएको छ ।