351
Shares
गत नोवेम्बरमा बनेको नेसनल पार्टीको नयाँ सरकारले सन् २०२४/२५ का लागि आर्थिक बजेट आउदो मे ३० तारिक बिहीवारका दिन सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्री निकोला विलिसले नयाँ सरकारको बजेट संसदमा प्रस्तुत गर्ने छिन् । सरकारले यो वर्षको बजेटमा करको दायरालाई घटाऊने अनुमान गरिएको छ । मन्त्री विलिसका अनुसार सरकारको प्राथमिकतामा नागरिकलाई करको भार कम गराउने, व्यापारिक विश्वासको पुनर्निर्माण गर्ने लगायतका बिषय रहेको छ । सरकारले गत मार्च २७ तारिकका दिन सरकारको बजेट प्राथमिकताहरु सार्वजनिक गरिसकेको छ ।