साथीको श्रीमतीसँग दोस्रो विवाह गरेका थिए एडमण्ड हिलारीले, पहिलो पत्नीको नेपालमै भएको थियो निधन

468 Shares

एडमण्ड हिलारीकी पत्नी लेडी जुन हिलारीको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा शनिबार निधन भएको हो । लेडी जुन हिलारी एडमण्डकी दोस्रो पत्नी हुन् ।

एडमण्डले १९५३ मा पहिलो विवाह लुईस म्यारी रोज सँग गरेका थिए । उनिहरुको पिटर, सारा र बेलिन्डा गरि ३ सन्तान रहेका थिए ।


सन् १९७५ मा काठमाडौंमा भएको नेपाल एयरलाईन्सको बिमान दुर्घटनामा लुईसको मृत्‍यु भएको थियो । उक्त दुर्घटनामा परि एडमण्डकी छोरी बेलिन्डाको पनि मृत्‍यु भएको थियो । त्यसपछि एडमण्डले आफ्नै साथी पिटर मुलग्रिउकी पत्नी जुनलाई विवाह गरेका थिए ।

पिटरको पनि १९७९ मा माउन्ट एराबसमा भएको ठुलो बिमान दुर्घटनामा निधन भएको थियो । उक्त दुर्घटना न्युजिल्याण्ड ईतिहासकै भयानक बिमान दुर्घटनाको रुपमा लिने गरिन्छ ।

 

त्यस्पछि एकल जीवन बिताईरहेका एडमण्ड र जुनको विवाह १९८९ मा भएको थियो ।

एडमण्डको सन् २००८ मा ८८ वर्षको उमेरमा अकल्याण्डमा निधन भएको थियो ।

यो पनि पढ्नुहोस्: न्युजिल्याण्ड ईतिहासकै भयानक बिमान दुर्घटना, यस्तो छ दर्दनाक दुर्घटनाको विवरण !

सम्बन्धित समाचार

सबै