न्युएको भ्रमण सकेर न्युजिल्याण्डका प्रधानमन्त्री फिजीमा

293 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले न्युएको भ्रमण सकेर आज फिजी पुगेका  छन् । मंगलबार न्युए पुगेका प्रधानमन्त्री लक्सनको यो पहिलो प्रशान्त क्षेत्रको भ्रमण हो । न्युएमा प्रधानमन्त्रीले न्युएका प्रधानमन्त्री डाल्टन टागेलागीसँग भेट गरेका थिए । न्युएले यसै साता स्वशासनको ५० वर्ष मनाएको छ । उक्त अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री लक्सनले सहभागीता जनाएका थिए ।

न्युएको भ्रमण सकेर प्रधानमन्त्री लक्सन फिजी पुगेका छन् । फिजी प्रशान्त देशहरु मध्ये न्युजिल्याण्डको सबै भन्दा ठुलो व्यापारिक साझेदार राष्ट्र हो । प्रधानमन्त्री लक्सनले फिजीका प्रधानमन्त्री सिटीभेनी राबुका सँग भेट्ने कार्यक्रम तय भएको छ । दुई देश बिच बिभिन्न सम्झौतामा छलफल हुने बताईएको छ । प्रधानमन्त्री लक्सन शुक्रबार न्युजिल्याण्ड फर्किदै छन् ।

सम्बन्धित समाचार

सबै