न्युजिल्याण्ड विश्वकै शान्तिपूर्ण देशको सुचिको चौथो नम्बरमा परेको छ । ग्लोबल पिस ईन्डेक्सले सार्वजनिक गरेको नयाँ सुचीमा न्युजिल्याण्ड विश्वको चौथो शान्त देशमा परेको छ । ग्लोबल पिस ईन्डेक्समा न्युजिल्याण्डको अंक १।३२३ रहेको छ । पहिलो नम्बरमा आईसल्याण्ड छ भने दोस्रो र तेस्रोमा क्रमश: आयरल्याण्ड र अष्ट्रिया रहेको छ । नेपाली भने २।०६ अंकको साथ ८० औ स्थानमा रहेको छ ।


