चौथो पटक नेपालको प्रधानमन्त्री बन्दै ओली – New Zealand News Nepal (NZ News Nepal)

चौथो पटक नेपालको प्रधानमन्त्री बन्दै ओली

   July 2, 2024  

संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ। यो सगैँ एमाले अध्यक्ष ओली चौथो पटक नेपालको प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको कांग्रेसका एक नेताले बताए।

सो सहमतिलाई अन्तिम रूप दिन कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार राति नै मुख्य सचेतक रमेश लेखक लगायत नेताका साथमा ओलीनिवास बालकोट जाने सम्भावना रहेको ती नेताले बताए।

‘आजै राति सहमतिमा हस्ताक्षर हुने सम्भावना छ,’ ती नेताले भने।