प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले आज विश्वासको मत लिदैँ छन् ।
प्रमुख सत्तासाझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
यही असार १७ गते राति कांग्रेससँग नयाँ समीकरण बनाउने सहमति भएसँगै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
संसद बैठक बिहान ११ बजे बोलाईएको छ । न्युजिल्याण्डको साझँ ५: १५ बजे बैठक सुरु हुने छ ।


