अमेरिकी राष्ट्रपति बाईडेन र न्युजिल्याण्डका प्रधानमन्त्री लक्सनबिच भेट – New Zealand News Nepal (NZ News Nepal)

अमेरिकी राष्ट्रपति बाईडेन र न्युजिल्याण्डका प्रधानमन्त्री लक्सनबिच भेट

   July 12, 2024  

अमेरिकाको भ्रमणमा रहेका न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले अमेरिकी राष्ट्रपति जो बाईडेनसँग भेट गरेका छन् । दुई नेता बिच बिहीवार वाईट हाउसमा भेट भएको हो ।

राष्ट्रपति बाईडेनद्वारा आयोजित रात्री भोजमा सहभागी हुने क्रममा लक्सनले बाईडेन सँग भेटेका हुन् । नाटोको ७५ औं सभामा सहभागी हुन लक्सन हाल अमेरिकामा रहेका छन् ।

लक्सनले बिहीवार नै बेलायतका नयाँ प्रधानमन्त्री किअर स्टारमर लाई भेटेर प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका छन् ।

त्यस्तै लक्सनले जापानका प्रधानमन्त्री, युक्रेनका राष्ट्रपति र दक्षिण कोरियाका राष्ट्रपतिसँग पनि बिहीवार संक्षिप्त भेट गरेका छन् ।

न्युजिल्याण्ड नाटोको सदस्य राष्ट्र नभएपनी हरेक वर्ष ईन्डो प्यासिफिक सहयोग देशको हैसियतमा यो सम्मेलनमा सहभागी हुँदै आएको छ । प्रधानमन्त्री लक्सन आज न्युजिल्याण्ड फर्किदै छन् ।