पेरिसमा जारी ओलम्पिक्समा न्युजिल्याण्डले पहिलो स्वर्ण पदक जितेको छ ।
महिला रग्वी तर्फ आज भएको खेलमा क्यानडालाई पराजित गर्दै न्युजिल्याण्डले पदक तालिकामा आफ्नो स्थान बनाएको हो ।
क्यानडालाई १९-१२ अंकले पराजित गर्दै न्युजिल्याण्डको राष्ट्रिय महिला रग्वी टोलीले देशको लागि पहिलो मेडल दिलाएका हुन् ।


