पेरिस ओलम्पिक्स: रोईङ खेलमा न्युजिल्याण्डलाई थप ३ मेडल – New Zealand News Nepal (NZ News Nepal)

पेरिस ओलम्पिक्स: रोईङ खेलमा न्युजिल्याण्डलाई थप ३ मेडल

   August 2, 2024  

पेरिसमा जारी ओलम्पिक्स खेलमा न्युजिल्याण्डले थप ३ मेडल जितेको छ । रोइङ खेल अन्तर्गत बिभिन्न बिधामा न्युजिल्याण्डले एउटा स्वर्ण, एउटा रजत र एउटा कास्य पदक जितेको हो ।

न्युजिल्याण्डको तर्फबाट वुमेन्स डबल, मेन्स फोर र वुमेन्स फोरमा खेलाडीहरुले क्रमश: स्वर्ण, रजत र कास्य पदक जितेका हुन् ।

न्युजिल्याण्ड हाल मेडल तालिकाको ११ औ स्थानमा रहेको छ । न्युजिल्याण्डले अहिलेसम्म २ स्वर्ण, २ रजत र एक कास्य गरि ५ पदक जितिसकेको छ ।