सरकारले इरान र लेबनानमा रहेका न्यूजील्याण्डका नागरिकहरूलाई यस क्षेत्रमा तनाव बढ्दै गएपछि तत्कालै यि देश छाड्न भनेको छ।
“न्युजिल्याण्ड सरकारले लेबनान र इरानमा रहेका न्यूजील्याण्डहरूलाई अब विकल्पहरू उपलब्ध हुँदा छोड्न आग्रह गर्दछ,” विदेश मन्त्री विन्स्टन पीटर्सले आईतबार बताएका छन् ।
मन्त्री पिटर्सले इजरायलमा पनि अवस्था हेरेर कदम चाल्न आफ्ना नागरिकलाई बताएका छन् ।
उक्त क्षेत्रको अवस्था द्रुत गतिमा बिग्रन सक्ने आकँलन गरिएको छ ।
बुधबार आफ्नो देशमा आएका हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएको छ।
हानियाको मृत्युको खबर इजरायलले बेरुतमा हिजबुल्लाह कमान्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि आएको थियो। आइतबार राति हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको थियो।
सामाजिक सञ्जालमा पोस्ट भिडिओमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई निष्क्रिय पारेको देख्न सकिन्छ। कसैको मृत्यु भए नभएकोबारे भने केही खुलेको छैन।
यस्तोमा सरकारले सुचना जारी गर्दै आफ्ना नागरिकलाई तुरुन्त ईरान र लेबनान छाड्न आग्रह गरेका छन्।


