४ दिने भ्रमणका लागि वनुआतुका प्रधानमन्त्री सल्वाई न्युजिल्याण्डमा – New Zealand News Nepal (NZ News Nepal)

४ दिने भ्रमणका लागि वनुआतुका प्रधानमन्त्री सल्वाई न्युजिल्याण्डमा

   August 6, 2024  

वनुआतुका प्रधानमन्त्री शार्लोट सल्वाई ४ दिने भ्रमणका क्रममा सोमबार न्युजिल्याण्ड आईपुगेका छन् ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनले प्रधानमन्त्री सल्वाईलाई औपचारिक रुपमा संसद भवनमा सोमबार स्वागत गरेका छन् । त्यस्पछि दुई नेता बिच भेटवार्ता समेत भएको छ । भेटमा क्रममा न्युजिल्याण्डका प्रधानमन्त्रीले वानुवतुका कामदारलाई न्युजिल्याण्डमा आएर काम गर्न सधैं ढोका खुल्ला रहेको बताउदै न्युजिल्याण्डको अर्थतन्त्रमा पुर्याएको योगदान प्रति धन्यवाद व्यक्त गरेका छन् । न्युजिल्याण्डको छिमेकी मुलुकहरु मध्य वनुवातुलाई महत्वपूर्ण देशको रुपमा लिने गरिन्छ । सयौँ वनुवातुका नागरिक आरएसई भिसा अन्तर्गत काम गर्न न्युजिल्याण्ड आउने गरेका छन् । प्रधानमन्त्री सल्वाईले अकल्याण्डको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनी बिहीवार स्वदेश फर्किने छन् ।