पेरिसमा आज सम्पन्न हुने ओलम्पिक्समा न्युजिल्याण्डले ईतिहासकै सबै भन्दा बढी स्वर्ण पदक जितेको छ ।
यो वर्षको ओलम्पिक्समा न्युजिल्याण्डले १० स्वर्ण, ७ रजत र ३ कास्य गरि कुल २० पदक जितेको छ ।
यसअघि भएका ओलम्पिक्समा न्युजिल्याण्डले यो भन्दा बढी पदक जिते पनि स्वर्ण पदक जितेको भने यो नै सर्वाधिक हो ।
सन् १९८४ मा अमेरिकामा भएको ओलम्पिक्समा न्युजिल्याण्डले ८ स्वर्ण जितेको थियो । त्यसयता स्वर्ण पदकमा यो अंक बढ्न सकिएको थिएन । त्यस्तै २०२० मा भएको टोक्यो ओलम्पिक्समा ७ स्वर्ण जितेको थियो ।
यो वर्ष न्युजिल्याण्डले मेन्स हाईजम्प, मेन्स कायाक,साईकिलिङ, गल्फ, रोइङ र रग्बीमा एक एक स्वर्ण र महिना कायकको ३ बिधामा ३ वटै स्वर्ण जितेको हो ।
न्युजिल्याडले हालसम्म भएका ओलम्पिक्सहरुबाट १४३ वटा पदक बटुलिसकेको छ । जस्मा ५५ स्वर्ण, ३५ रजत र ५३ कास्य पदक रहेको छ ।


