प्रधानमन्त्री क्रिस्टोफर लक्सन आज अष्ट्रेलिया जादैँ

561 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन दुई दिनका लागि आज अष्ट्रेलिया जादै छन् ।
उनि अष्ट्रेलिया न्युजिल्याण्ड लिडर्स मिटिङमा सहभागी हुन आज अष्ट्रेलियाको राजधानी क्यानबेरा जान लागेका हुन् ।

क्यान्बेरामा लक्सनले आफ्ना समकक्षी अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिज सँग भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री लक्सनको यो तेस्रो अष्ट्रेलिया भ्रमण हो ।

प्रधानमन्त्रीको रुपमा यसअघि उनि सन् २०२३ डिसेम्बर र गत मार्चमा दुई पटक अष्ट्रेलियाको भ्रमण गरिसकेका छन् । उनि भोली स्वदेश फर्किने छन् ।

सम्बन्धित समाचार

सबै