अफ्रिकामा बढ्दै मंकिपक्सको सङ्क्रमण, न्युजिल्याण्डमा ४ जना संक्रमित

4.2K Shares

यस वर्षसम्म मंकिपक्स मामिलाहरू १६० प्रतिशतले बढेको अफ्रिकाका विभिन्न अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् । मंकिपक्स भाइरसको कारणले सर्ने र मानिस तथा जनावरहरूमा देखापर्ने सङ्क्रामक रोग हो । यो रोग लागेमा ज्वरो आउने, लसिका ग्रन्थीहरू सुन्निने, छालामा फोका देखापर्ने, र पाप्रा लाग्नेजस्ता लक्षणहरू देखिन्छन् ।  यो भाइरसको सङ्क्रमण कङ्गोसहित १० अफ्रिकी देशहरूमा फेला परेको अफ्रिकी रोगथाम तथा नियन्त्रण केन्द्रले बुधबार जारी गरेको प्रतिवेदनमा भनिएको छ । कङ्गोमा लगभग ७० प्रतिशत सङ्क्रमणहरू १५ वर्ष भन्दा कम उमेरका बालबालिकामा छन् । कङ्गोमा मंकिपक्स सङ्क्रमित ८५ प्रतिशत व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

न्युजिल्याण्डमा पनि यस रोगको केही संक्रमित भेटिएको न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् २०२२ मा न्युजिल्याण्डमा मंकिपक्सको पहिलो संक्रमण देखा परेको थियो । त्यसयता ५३ जना यो रोग बाट संक्रमित भईसकेका छन् । यो वर्ष अर्थात सन् २०२४ मा भने हाल सम्म ४ जनामा मात्र संक्रमण देखा परेको मन्त्रालयले जनाएको छ । चारै जना संक्रमित अकल्याण्डका बासिन्दा हुन् ।

सम्बन्धित समाचार

सबै