टी–२० प्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी नोभेम्बर ३० , मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुसम्म चल्नेछ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको लोगो सार्वजनिक गरेका छन् ।
राष्ट्रिय खेदकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिमिङले प्रतियोगितामा आउने विदेशी खेलाडीहरुलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने प्रतिवद्धता जनाए ।


