मओरी राजाको अन्त्यष्टी बुधबार हुने, यस्तो छ ७ दिनको प्रक्रिया – New Zealand News Nepal (NZ News Nepal)

मओरी राजाको अन्त्यष्टी बुधबार हुने, यस्तो छ ७ दिनको प्रक्रिया

   August 30, 2024  

२१ अगस्त सन् २००६ मा राज्याभिषेक गरेका माओरी राजा तुहैतिया को ६९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनको निधन भएपछि अब उनको अन्त्यष्टी ६ दिन पछि अर्थात बुधबार गरिने छ । यो समयमा उनको पार्थिव शरिरलाई अन्तिम दर्शनको लागि Tūrangawaewae मराई मा राखिने छ । राजालाई अन्तिम श्रद्दान्जली दिनेहरु यहि गएर उनलाई बुधबार सम्म अन्तिम बिदाई गर्न सक्द्छन् । प्रधानमन्त्री क्रिस्टोफर लक्सन लगायतका नेताहरु माओरी राजालाई अन्तिम श्रद्दान्जली दिन सोमबार मात्र Tūrangawaewae मराई पुग्ने छन् । भोली र पर्सी अर्थात शनिबार र आईतबार भने राजाकै वशंजले मात्र उनको दर्शन गर्न पाउने छन् । मराईमा आएकाहरुलाई स्वागत गर्न हरेक दिन बिहान ८ र दिउसो २ बजे पोहिरी पनि गरिने छ । पोहिरी माओरी समुदायमा गरिने एक प्रकारको परम्परागत स्वागत हो । सोमबारबाटै देशभरबाट र बिदेशबाट समेत राजालाई अन्तिम बिदाई गर्न अतिथीहरु आउने छन् ।  उनलाई अन्तिम श्रद्दान्जली दिएपछि बुधबार ताउपिरीमा उनको अन्तिम संस्कार गरिने छ । उनको अन्तिम संस्कार उनको आमा र अन्य माओरी राजाको समाधीस्थल वाईकातोको ताउपिरी पहाडमा गरिने छ । उनको अन्तिम संस्कारको कार्य सकिएपछि सम्भवत शुक्रबार नै नयाँ माओरी राजा नियुक्त हुने छ ।