जसिन्डालाई ईटालीमा DVF अवार्डद्वारा सम्मान

328 Shares

न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नलाई अन्तराष्ट्रिय स्तरको DVF अवार्डद्वारा सम्मान गरिएको छ ।
कठिन समयमा न्युजिल्याण्डको नेतृत्व सफलता पुर्वक गरेको उल्लेख गर्दै उनलाई Diller-von Furstenberg अवार्ड बाट सम्मान गरिएको हो । ईटालीमा आयोजित एक कार्यक्रमका बिच जसिन्डालाई सम्मान गरिएको हो ।
जसिन्डा सन् २०१७ देखि २०२३ सम्म न्युजिल्याण्डको  प्रधानमन्त्री थिइन् । उनको कार्यकाल विश्वभर चर्चाको बिषय हुने गरेको छ ।  २०१९ मा भएको क्राइस्टचर्च मस्जिद आक्रमण, सोही वर्षको वाकारी/ह्वाइट आइल्याण्ड विष्फोट, र कोभिड महामारी लगायतका चुनौतीपूर्ण घटनाहरूको श्रृंखला मार्फत पनि देशको नेतृत्व कुशलता पुर्वक गरेको भन्दै उनको प्रसंशा हुने गरेको छ ।  उनको नेतृत्वको कदर गर्दै उनलाई DVF अवार्डद्वारा सम्मान गरिएको हो ।
यो अवार्ड हरेक वर्ष वर्ष साहसी र नेतृत्वलाई मूर्त रूप दिने महिलाहरूको नाममा समर्पित हुने गरेको छ । जसिन्डासगैँ यो वर्ष अन्य ५ महिलासमेत अवार्ड प्रदान गरिएको छ

सम्बन्धित समाचार

सबै