अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

1.8K Shares

पूर्वउपसभामुख एवं नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरिएको छ ।

सरकारले पूर्वउपसभामुख  यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो  ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेसकी नेतृ समेत रहेकी यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकी नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएको थिए । उनको स्थानमा यादवको सिफारिस गरिएको हो ।

सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो ।

अष्ट्रेलियाको राजदुतले न्युजिल्याण्डलगायत फिजी, पपुवा न्युगिनी, सामोवा, सोलोमन आईल्याण्ड, तुभालु र वानुवातुको राजदुतको रुपमा समेत कार्यभार सम्हाल्ने छन् ।

 

सम्बन्धित समाचार

सबै