2.3K
Shares
एयर न्युजिल्याण्डको एक बिमानले अष्ट्रेलियाको सिड्नीमा आकस्मिक अवतरण गरेको छ । एयर न्युजिल्याण्डको उडान नम्बर २४७ अन्तर्गत न्युजिल्याण्डको वेलिङ्टन बाट सिड्नीका लागि उडेको बिमानमा बमको धम्की आएपछि आकस्मिक अवतरण गरिएको सेभेन न्युज सिड्नीले जानकारी दिएको छ । बिमानमा चालक दलका सदस्य सहित कुल एक सय ५४ यात्रु सवार रहेको र सबै सकुशल रहेको बताईएको छ ।