चर्चित नेपाली गायक राजु लामा र उनको प्रसिद्ध ब्याण्ड मंगोलियन हार्ट आउँदो अगस्त महिनामा न्यूजील्याण्डको तीन सहर — Christchurch, Auckland र Tauranga — मा कन्सर्ट गर्ने भएका छन्। Sambandha Events को आयोजनामा हुने यो सांगीतिक यात्राअन्तर्गत अगस्ट 2 मा Christchurch, अगस्ट 8 मा Auckland र अगस्ट 10 मा Tauranga मा कार्यक्रम हुनेछ। आयोजकले हाल टिकट बुकिङ खुला भइसकेको जानकारी दिएको छ र समयमै टिकट सुरक्षित गर्न आग्रह गरेको छ।
राजु लामाले नेपाली आधुनिक, पप र लोक संगीतको सम्मिश्रणमार्फत लाखौं दर्शकको मन जितेका छन्। उनका चर्चित गीतहरू ‘बादल पारिको देशबाट’, ‘हल्ला चलेछ’, ‘पर्खाइमा’, ‘उँभो उँभो खाशा’, ‘तिमीलाई देखेर’, ‘गाजलु टीका’, ‘मेरो नेपाल’, ‘ओइ नाना’, ‘हेर्दा हेर्दै’, ‘यो जुनिमा’, ‘एक जोडि नयन’, ‘घर मेरो पूर्व’, ‘सैलुङ पोङदी’ र ‘भाई टिका’ लगायत रहेका छन्। यस कन्सर्टमार्फत नेपाली समुदायलाई आपसी सम्बन्ध बलियो बनाउने र मातृभाषा तथा संस्कृतिमा रमाउने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।


