रास्वपा सांसदले सामूहिक राजीनामा दिँदै – New Zealand News Nepal (NZ News Nepal)

रास्वपा सांसदले सामूहिक राजीनामा दिँदै

   September 9, 2025  

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले सामूहिक राजीनामा दिने भएका छन्। 
अहिले रास्वपा संसदीय दलको आकस्मिक बैठक बसिरहेको छ। उक्त बैठकलगत्तै सामूहिक राजीनामा दिने बैठकमा सहभागी एक सांसदले जानकारी दिए।

बैठक १२ बजेदेखि जारी छ। सभापति रवि लामिछानेले नक्खु कारागारबाटै निर्देशन जारी गर्दै राजीनामा दिएर जनताको कित्तामा आउन भनेका थिए।